असारमा पानी नपर्दा,
बादल कुरेर बस्यौँ
कुम जोडेर बस्यौ,
बस्यौँ आकाशको
दुईचार थुम्का बादल हेर्दै,
कहिले पुजा गर्यौँ,
कोही भुजा भर्यौँ,
भजन गर्यौ किर्तन गर्यौँ
पानी पार्नका लागि गर्यौ
हामी पानीका धनी नेपाली ।
एक थोपा पर्दा पनि
उफ्रदै पुग्यौ खेतमा,
हलो कोदालीसँग
रोपारे साथमा,
फेरी घाम बल्यो
दङ्ग परे रोपारेहरू,
आसु झारे बाहुसेहरू,
बिलौना गरे,
महादेवसँग पुकारे,
अहँ पानी परेन,
आँखाभरी भोकमरी आयो,
यही नियति भोगिरहेछौ
पानीका धनी हामी नेपालीहरू ।
यही साउन हो,
पोर साल गाउँ नै लग्यो
कहि सडाएर छोड्यौँ,
कहि नाम निसान नदेख्ने बनाउदै लग्यो,
पोर सालको अस्थिपञ्जर
अस्ति स्यालले
दौडाउदै थियो रे,
बिलौना गर्दै थिए हिजोसम्म,
जसका घर च्यापिएका थिए,
भत्केका थिए, पुरिएका थिए,
थिए बगर बनाउँदै सबका सब,
न सास भेटिए तिनका
न लास भेटिए,
केवल भेटिए रुझेका आँखा
दुखेका मन, र भारि जीवन ।
आज फेरी झरी पर्यो,
गाउँ लग्यो, फाँट दुबायो,
रुवायो फेरी पनि
एक बर्ष हुन नपाउँदै,
दोहोरिए त्यही
कहाली लाग्दा दृश्यहरू,
गुहार भन्दा भन्दै हरी दुव्यो
कसैको सिन्दुर पुछियो,
काख रिट्टियो,
शोकाकुल बनायो बस्तीहरू
फेरी पत्रिका भरी छापिए
दृश्य देखिए टेलिभिजन भरी
यही गति दोहोरिने छ,
हाम्रा हरेक बर्ष
अर्को बर्ष पनि
मर्नेछन गरिव किसानहरू
बर्षनेछन् आँखाबाट झरी
स्यालले खोज्ने छ पुन
हराएका अस्थिपञ्जरहरू
दोहोरिने यसै गरी युगौ युग
छचल्किएका आँसुहरु ।
यही देखेर खुसी हुने
पनि जन्मेका छन हाम्रो देशमा,
केही मान्छे भनाउदाहरू,
फाटो खिच्ने छन,
भिडियो बनाउने छन्,
बेच्नेछन संसार भरी
मर्नेका नाम,
मर्नेका तस्विरहरू, भिडियोहरू,
मन कमजोर हुनेहरू
दिने छन, गाँथ पनि
भरिनेछ, ति चोरका भण्डारहरू,
बन्नेछन करडौका मालिक,
फोटो बेचेर,
भिडियो बेचेर,
समाचार बेच्नेहरू,
राहत बाड्नेहरू
राज्य चलाउनेहरू
सरकार ढलाउनेहरू
राँको जलाउनेहरू
उस्तै रहनेछन्
माटो भित्र पसेकाहरू
घरबार बिहीनहरू,
परिवार बिहीनहरू
कोही डकार्नेछन आनन्दले
कोहीका आँखा साउने झरी झै
बर्षनेछन हरेक समय ॥
नदोहोरियोस् यस्ता
पानीका पर्वहरू,
नछुटोस् कसैका साथ,
नफुटोस कसैका माथ
बिहे पछिका पोते झै
नबनुन् हाम्रा प्रकोप तयारीहरु
सुकोस आँसुका पोखरीहरु
भरिनै रहुन काखहरु
कसिलो बनोस सम्बन्ध
भरिरहुन भकारीहरु
छाओस् हर्ष नै हर्ष
सबका ओठमा
बचुन सबका जहान
बनोस खुसी परिवार
नओस त्यही
कहाली लाग्दो पानीको पर्व ॥
धन्यबाद्
धनु लेकाली
भकिम्ली एक म्याग्दी