प्रकाशन मिति २०८१-१२-१२
शब्द चित्रको कथा
शब्दहरु बन्दै छन् सुन्दर चित्र कथा
असंख्य रोदनहरु भित्रका पटकथा
बनाउँने प्रयास जारी नै छ अझै पनि
मन भित्रका अदम्य साहस बनी । १
कोरिएका अवोध, ती भावनाहरुमा
कैयौ पिडाहरु का आवाज हरु छन,
कैयौ मन मस्तिष्क का सपना छन् । २
शब्दहरु लाई एक एक गरी केलाउँदै
मानस पटलका धेरै भावहरु थुपार्दै
शब्दहरु को एक मात्र चित्र बन्दैछ
जहाँ मणि हरुको दिपक जल्दैछ । ३
शब्द चित्र हरुमा अनमोल चिजछ
कैयौ शान्ति र समृद्धिको विजछ
अनि त्याहाँ विकासको रोडम्याप छ
संगैसँगै शहर गाउँ भित्रको ग्याप छ । ४
नेपाल र नेपालीको सहि पहिचानछ
हाम्रो पुर्खाको अदम्य बलिदान छ
सभ्यता र संस्कृतीको छन् जननी
हाम्रा आदर्श र संस्कार छन अनि । ५
कतै हरियाली छ कतै एक मरुभुमी
कतै तराईका फाँट कतै उच्च भुमी
संगै लुकेका छन् कैयौ सुन्दर मन
असंख्य व्यक्तिको अकुत कालो धन । ६
कसैको लागी गास बासको चिन्ताछ
कसैको लागी दुख रोदनको पिडाछ
कतिको निम्ती स्वर्गको क्रिडा छ त्यहि
कतिको नर्कको असंख्य पिडाछ त्यहि । ७
लाखौ युवा हरुको पलायन छ भित्र
संगै छुपेकोछ नेतृत्वको असली चित्र
गाउँका दुरदराजका घाउहरु छन् कतै
अन्धकारका चिच्याहट हरु छन् जतै । ८
कतै शहरको सुन्दर लक्जरीहरु छन्
अझै गाउँका आर्तनाद विम्वहरु छन्
कतैछन् ती अरबौ खर्चेका भिउटावर
छरिएका छन् नाता गोताका पावर । ९
शब्द चित्रका पाना हरु रंगीन छन्
जनतालाई तेर्स्याइएका संगिन छन्
डर त्रास र धाक रबाफका शब्द छन्
निमुखाहरु दिन प्रतिदिन निशब्द छन् । १०

रामारोशन ४ अछाम
Tags:
कविता