Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

उतरी बायु-पदमराज न्यौपाने

प्रकाशन मिति २०८१-१२-१२

उतरी बायु

प्रातको उतरी बायु जव जव सुसेल्दछ
गहिरो तन्द्राको जरा जरै बाट उखेल्दछ
फेरेर गहिरो श्वास जुर्मुराई जगत सब
जाग्दैछन् प्राणको बायु दिव्यता पियर अव ।
----
बन्दैछ कतिको निम्ती प्राणको त्यो संजिवनी
चिसोमा कतिको निम्ती बन्दैछ यमराज पनि
बसन्त बहार ल्याई सुवास छर्दैछ कतै
हिउँदको सिरेटो बनी वृद्धको बेहाल छ जतै ।
---- २
सिर्जेको संगितको धुन बज्दैछ मधुर बनी
अलौकिक स्वर्ग झै लाग्छ बसन्त ऋतुमा अनि
हिमाल मुस्कुरायर नाँच्दैछन् छम छम गरी
फुलेका ती दिव्य केश श्वेत छन् निर्मल सरी ।
---- ३
हिउँदको खडेरी संगै बसन्त आउँछ जब
फुल्दछन् कुहिरोले ढाकी ढकमक्क ढाकेर तव
बहन्छ उतरी बायु सुसेल्दै धुन सिर्जित
देखिन्छ शोभित अति दिव्य त्यो जस्तै निर्मित ।
---- ४
गृष्ममा चट्याङ्ग र बर्षा झार्दछ असिना पनि
कानमा सुसेल्दै हावा बहदै गर्छ झन झनी
खोला र झरना पनि उर्लिदै बग्दैछन् संगै
लोभ्याई दिव्यता संगै मन मस्तिष्कमा अझै ।
---- ५
शरदमा सिर्सिरे मन्द चिसो हवा सुसेल्दछ
मनको देहको मैलो सबै पाप उखेल्दछ
सिर्सिरे उतरी बायु बगेर चिसोको दिन
लाग्दैछन् ती उराठ सधै मन मनमा किन किन ।
---- ६
हेमन्त आउँदा संगै हिउँ नै फुस फुसाउँछ
चिसो त्यो उत्तरी बायु जिउ नै सुम सुम्याउँछ
हिमगिरी फुलेर सेतै देखिन्छन् उर्वरक वनी
देखिन्छ मोहक जतै मौनता उसैमा पनि ।
----७
शिशिर ऋतुमा अझै चल्दैछ सिरेटो संगै
कतै छ चिसोले थुरथुर कतै छ ठिक्कको अझै
उतरी बायुको गति फरक छ परिवेशमा
ऋतुको आगमन संगै आउँछ जान्छ विशेषमा ।
----८
✍️ पदमराज न्यौपाने
रामारोशन ४ अछाम


Post a Comment

Previous Post Next Post