Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

"केलाई ठिक ,केलाई बेठिक" रचनकार प्रेम थापा "मन


✍️चारु 🇳🇵 


केलाई ठिक ,केलाई  बेठिक भन्छन् अझै 

समय अनुसारको ,आधुनिक भन्छन् अझै ।


मन त मनै हो जुन बेला पनि फेरिन सक्ने 

पख पख भनी️ तोकेर कात्तिक भन्छन् अझै ।


दिन, रात, हप्ता पनि अनायासै बित्दै गयो ,

समाधान गर्न खोज्दा,मासिक भन्छन् अझै ।


हरेक झमेला  बेहोर्दै , सबैलाई होस् भनी 

सल्लाह गर्दा उसको नजिक भन्छन् अझै ।


मनमा के राख्छन् कुन्नी, बाहिर नै देख बरु 

नगर त्यसो भन्दा समसामयिक भन्छन् अझै ।


गर्दा जे पनि गर्ने आफै , पाप पखालिन्छ रे 

ऊदाहरणको लागि धार्मिक  भन्छन् अझै ।


साच्चै प्रश्न ऊठाऊने मन थियो जानकारसँग

विश्लेषण गरी  फेरी , नास्तिक  भन्छन् अझै ।


✍️प्रेम थापा "मन"🇳🇵

Post a Comment

Previous Post Next Post