Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

लघुकथा-- पशु काे हाे?- बिष्णु उप्रेती

 प्रकाशन मिति २०८१-१२-१२


लघुकथा-- पशु काे हाे?
----------------------------
**********
--" याे गाईलाई किन यसरी ढुङ्गाले हानी हानी, नदीमा बगाएको ? गाई भनेकी अामा सरह हुन भनेर ,हजुरले भन्नू भएकाे हैन? अामा मानेर यसरी निर्दयी पाराले नदिमा बगाउँदा पाप लाग्दैन ?"
गौदान गरेकाे गाईलाई नदीमा बगाउदै गरकाे दृश्य खाेलाकाे डिलमा अामा संगै उभिएर हेरेका छाेराले साध्याे।
अाँखाबाट अाँसुका धरा बगाउदै,चुक्क केही नबाेली, निरीय भावमा, नदीमा बगाउदै गरेकाे जिउदो गाईलाई हरिरहेकी अामा ,याे रुढीबादी अंधबिश्वासकाे संस्कार भित्र नतमस्तक थिईन। --""याे हाम्राे संस्कार हाे बाबू" उनले छाेरालाई भनिन्
----" याे कुसंस्कारलाई थुक्नु पर्छ है अामा।" छाेराे साथतिर गयाे।
त्यो बग्दै गरेकाे गाई ,केहितल..... पुगेपछि कसाे कसाे पारलाग्याे।
त्याे बिचरा गाई कति माहान छ। कुनै प्रतिकार, रीस, अाबेग केही नराखी , उ अाफ्नै घर लुरुलुरु फर्केर अायाे। अाफुलाई दया बिहिन नदीमा बगाउने धनीलाई ,, उसका सबै गल्तीहरु, अपराध माफ गरि , उल्टाे अमुक भाषामा, कतिभाव ब्याक्त गर्दै मायालु नजरले टुलुटुलु हेरिरह्याे।

२०८१/१२/१०
राधेराधे भक्तपुर

Post a Comment

Previous Post Next Post