Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

आमा तिमी नरुनु है -मन्जु लाल श्रेष्ठ

=- कविता -=
आमा तिमी नरुनु है ।
प्रत्येक प्रशव पीडा सँगै
तिमी चिच्याई चिच्याई मर्छाै
नव अागन्तुककाे रूवाईसँगै
तिमी मुस्कुराउदै बिउँतिन्छाै
एउटा नयाँ जीवनकाे
सुखमय शुरूवात सँगै
वेदना सबै सबै भुलेर
दुधरूपी रगत चुसाई
अानन्दकाे सास फेर्छाै ।
तिमीले यही क्रममा
प्रकृतिको नियम अंगाल्दै
धेरै पटक बाँचेर मर्याै
धेरै पटक मरेर बाँच्याै
साच्चै भन्नुपर्दा
हृदय विदारक समयमा पनि
भाेक र निन्द्रा नभनी
सन्तानप्रति ममता पाेखिरहिन्
धन्य छ अामा तिम्रो पाैरख
अनगिन्ती चाेला फेर्याै ।
परिजस्तै सुन्दरी छाेरी जन्माईन
विकृतिलेगर्दा वाईफाले बनेर हिँडिन
घर र समाजको ईज्जत् फालिन
छाेरा जन्माएर भुसतिघ्रे बनाए
खाडीमा गएर रगत, पसिना बगाए
नपुग के थियोे र यहाँ ?
विदेशमा जस्तै यहाँ मेहनत गरे
हिमाल, पहाड र तराई
जुनसुकै भेगमा रगत पसिना बगाए
खान लाउन र ईज्जत् पाउन
कसैलाई केहीको कमी थिएन ।
भएका घटेका कुरा बिर्सेर
लुराे, लङ्डाे, अशक्त भई
शारीरिक कमजोर भएपनि
देश र जनताको हितमा बाेल्छु
तिम्रो सेवामा लागिरहन्छु
सकेको कर्म गरिरहन्छु
मात्र मेरो बिनम्र अनुराेध छ
आमा! तिमी नरूनु है ।

०८१/१२/८

 

Post a Comment

Previous Post Next Post