Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

मुस्काउँदै थैली भर्ने-फेसबुक कवि

 प्रकाशन मिति २०८१-१२-१२



स्वतन्त्र गजल

मुस्काउँदै थैली भर्ने, साउनीका पारा,
केलाई कुलाई टपरीदुना, बाहुनीका पारा
आम्दानी थरी थरी, आय आर्जनका,
परपुरुष व्यवस्थापन, कुटुनीका पारा
समभाव सहयोग, जती देऊ कमी,
गुनलायो बैगुन देख्ने, बैगुनीका पारा
दोषी पनि निर्दोष रे, शुल्क पाए पुग्यो,
अपराधी तर्फ वहस, कानूनीका पारा
नाच्न जाने कुनै आँगन, टेढो हुँदैहुन्न,
तालैताल चारी चाल, मारुनीका पारा

दोलखा

Post a Comment

Previous Post Next Post