प्रकाशन मिति २०८१-१२-१२
बाल कविताः ‘कमलकोठी’
उँड्दै आयो कमलकोटी, सूँड माटो बोकी,
राम्रो घर बनाउँछ रे, थुतुनाले ठोकी ।
मलाई त लाग्यो डर, टोक्नेदिने पो हो कि ।
भूँ भूँ गरी उँड्यो फेरि, हिलोनिरै पुग्यो,
सूँडभरि माटैमाटो, कुप्री पर्दै उँड्यो ।
भारी गरम भएछ, तलतिर नुग्यो
डल्लोपरी भूँइँमा, पुल्टुङ्गै पो गुड्यो ।
जताबाट गएकाथ्यो, उतैबाट आयो,
माटोकै पर्खालमा, छानो माटै लायो ।
दुई दिन मेहनतमा, राम्रो घर बनायो
भान्सा कोठा देखिन, कुन्नी के के खायो ।
थिच्दै थिच्दै सूँडले, खोपै खोपा पारी,
खानपिन खोज्नलाई जान्छ खेतबारी ।
सबै तिर बन्दाबन्दी, एक ढोका राखी,
आफ्नो घर देखायो पाहुनालाई डाकी ।
२०८१,१२,९, बैत्यश्वर ६, दोलखा
Tags:
कविता