कैद
खाप्ने वा कैद थप्ने
फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन)
ऐन, २०७४
११.”छुट्टाछुट्टै सजाय
निर्धारण गर्नु पर्ने”
(१) एकै वारदातमा एकभन्दा
बढी कसूर गर्ने कसूरदारलाई सजाय निर्धारण गर्दा प्रत्येक कसूर अलग अलग भएको मानी
त्यस बापत छुट्टाछुट्टै सजाय निर्धारण गर्नु पर्नेछ ।
(२) दुई वा त्यसभन्दा बढी
कामबाट कुनै कसूर हुने रहेछ र त्यस्ता काममध्ये कुनै एक काम आफैमा छुट्टै कसूर
हुने रहेछ भने सबैभन्दा बढी सजाय हुने कसूरमा मात्र सजाय हुनेछ ।
(३) कुनै एक काम बापत
विभिन्न ऐन अन्तर्गत छुट्टाछुट्टै कसूर हुने रहेछ भने जुन ऐन अन्तर्गत बढी सजाय
हुन्छ सोही ऐन बमोजिमको सजाय कार्यान्वयन हुनेछ ।
तर सजाय निर्धारण गर्दा
प्रत्येक कसूर बापत छुट्टा छुट्टै सजाय तोक्नु पर्नेछ ।
स्पष्टीकरणः यस दफाको प्रयोजनका लागि कैद र
जरिबानालाई छुट्टा छुट्टै सजाय भएको मानिनेछ र छुट्टा छुट्टै कार्यान्वयन गर्नु
पर्नेछ ।
३६. विभिन्न कसूर बापत भएको कैद सजायको
कार्यान्वयनः
(१) कैदको सजाय पाई कैद सजाय भोगिरहेको
व्यक्तिलाई एकभन्दा बढी कसूर बापत कैद सजाय गर्नु पर्दा देहाय बमोजिम कैद सजाय गरी
फैसला कार्यान्वयन गर्नु पर्नेछः–
(क) पहिले भएको फैसला
बमोजिमको कैदको सजायको अवधि पछिल्लो फैसला बमोजिमको कैदको सजायको अवधिभन्दा बढी वा
बराबर भएमा पहिले भएको फैसलाको कैदको सजाय कार्यान्वयन गर्नु पर्नेछ ।
(ख) पछि भएको कैदको
सजायको अवधि पहिलेको कैदको सजायको अवधिभन्दा बढी भएमा पछिल्लो कैदको सजायको अवधि
जति बढी हुन्छ सोही अवधिसम्म कैद थप गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै
कुरा लेखिएको भए तापनि कुनै कसूरमा कैदको सजाय पाएको व्यक्तिले त्यस्तो सजाय
भुक्तान नहुँदै निजलाई अर्को कसूर बापत कैदको सजाय भएमा पहिले भएको कैदको अवधि
भुक्तान भएपछि गणना हुने गरी पछि भएको कैदको सजाय कार्यान्वयन गर्नु पर्नेछ ।
(३) एउटै मुद्दामा एउटै
व्यक्तिलाई प्रचलित कानून बमोजिम विभिन्न कसूर बापत विभिन्न कैदको सजाय भएकोमा
त्यस्तो सजायमध्ये सबैभन्दा बढी कसूरको कैदको सजाय मात्र कार्यान्वयन गर्नु पर्नेछ
।
(४) उपदफा (३) बमोजिम
तोकिएको कैदको सजाय बराबर भएमा त्यस्तो सजायमध्ये कुनै एउटा मात्र सजाय
कार्यान्वयन गर्नु पर्नेछ ।
(५) यस दफामा अन्यत्र
जुनसुकै कुरा लेखिएको भए तापनि पटके कसूरदारका सम्बन्धमा वा एकीकृत कसूरका
सम्बन्धमा कानूनमा छुट्टै सजाय तोकिएको रहेछ भने सोही सजाय कार्यान्वयन हुनेछ ।
मुलुकी
अपराध संहिता
४४.थप सजाय हुने:
(१) जघन्य वा गम्भिर कसूरमा सजाय पाएको व्यक्तिले
अर्को कसूर गरेमा निजले पछिल्लो पटक गरेको कसूरमा हुने सजायको दोब्बरसम्म सजाय हुनेछ
।
तर जन्म कैदको सजाय पाएको कसूरदारको हकमा यो दफा लागू हुने छैन ।
(२) उपदफा (१) बमोजिमको कसूर बाहेक अन्य
कसूरमा सजाय पाएको व्यतिले त्यस्तो सजाय भुक्तान गरेको पाँच वर्ष भित्र अको कसूर गरेमा
निजलाई पछिल्लो पटक गरेको सजायको दोब्बरसम्म सजाय हुनेछ ।
धनु लेकाली