Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

आज सब्जी अल्नै खाइयो , बजारमा नुन छ-बुद्धिप्रसाद सापकोटा



 ✍️चारु🇳🇵

=======                 


आज सब्जी अल्नै खाइयो , बजारमा नुन छ

मेरा नाककान बुचै रहे,लङ्काभरी सुन छ ।


आकासमा नौलाखे तारा, रातै झिलिमिली ,

सबै तारा टीकी जत्रा , नाङ्ला जत्रो जुन छ ।


राधिकाका प्रेमी हुन् रे उनै कृष्ण काले ,

वृन्दावनमा मुरली बज्यो , कति मीठो धुन छ ।


गैरी गाँउको भुन्टे केटो बस्छ एकान्तमा ,

अड्कोपड्को तेलको धूप , उसको ठूलो गुन छ ।


सँगीसाथी पोइला गए ठिटा छानीछानी ,

यौवनले भरिपूर्ण, मलाई लाने कुन छ ।

   

✍️बुद्धिप्रसाद सापकोटा,गैँडाकोट ७,नवलपुर 



🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏

Post a Comment

Previous Post Next Post