✍️चारु✍️
=======
विश्वासको ढोका बन्द भएको दिन आज
जिन्दगीमा ढोका पाई बसेको दिन आज ।
सम्झनाका ती याद बटुलेर रुँदै रुँदै
उसैको चिनो साची राखेको दिन आज ।
अब हाम्रो मिलन हुँदै हुन्न भनेपछि
हामी दुई छुट्टीएर हिँडेको दिन आज ।
संसार भुल्ने सपना नि देखे उसैसँग
एउटै मुटु टुक्रिई फुटेको दिन आज ।
वर्षैपिच्छे कालो दिन किन आउँछ होला
याद भयो मेरो घर बिग्रेको दिन आज ।
✍️ललिता गिरी सिन्धुली
🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏
Tags:
चारु