✍️चारु
=======
कोही स्वतन्त्र गजल ,कोही त चारु भन्छन् !
दुबै नाम होस् भनेमा नपढ्ने थारू भन्छन् !
वेद र अध्यात्म सत्य भन्दै पुरेत बन्ने ,
रमाइलो गर्नै परे खै काँ छ दारू भन्छन् !
हुँ कट्टर राष्ट्रवादी भन्नेका छद्म बोली,
नेरूको के तुक छ र ? चाहिन्छ भारू भन्छन् !
बिचित्र मोह देखिन्छ जहाँ पनि कुर्चीकै ,
खेल्नेका बोली- अरू त सबै सिकारु भन्छन् !
जातिवादका बिरोधि भाषण दिनेहरू ,
जाल रचेर त्यही जालमा पारु भन्छन् !
✍️सुन्दर शोभन,नारायणगढ,चितवन
Tags:
चारु