Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

तिमी साथ छैनौ कसरी रमाउँ-मानन्धर अभागी

 




~~~~~गजल~~~~~~
तिमी साथ छैनौ कसरी रमाउँ
दिनहरु मैले कसरी कटाउँ
हूश्न - ए - मतला
-------------
भन्नु थ्यो धेरै कस्लाई सुनाउँ
मेरो यो वेदना कहां पोखाउँ
म थाकें हारें अब केही लागेन
मैले तिमीलाई कसरी सम्झाउँ
मेरो योक्रन्दन नाटक सम्झ्यौ
दुखेको योव्यथा चिरेर देखाउँ
तिम्रो वचनले फाटेको योमन
भन मैले कहाँ लगेर सिलाउँ ।
~मानन्धर अभागी
काठमाण्डौ ।

मिति १०८१/१२/१२

#गजल

Post a Comment

Previous Post Next Post