✍️चारु🇳🇵
======= (१२ अक्षर)
मन प्रसन्न राखौं किन उदास
चिन्ताले गर्दछ जीवन विनाश ।
हो संसार यो सबै प्रभुको लिला
प्रभुको आज्ञाले चल्ने यहाँ श्वास ।
गर्छु भन्दा भन्दै बित्नेछ समय
आस्थावानको जीवन हुन्छ खास ।
आएका हामी सबै जानै पर्दछ
नश्वर तन अवश्य हुन्छ लास ।
श्रवणम् भजनम् कीर्तनम् प्रभुको
मोक्षधाममा मिलोस् प्रभु आभास ।
✍️कार्की डिबी माकुम,सुनवल-४, नवलपरासी
Tags:
चारु