प्रकाशन मिति २०८१/१२/१२
ऋतु राज वसन्त
सेतै छन् हिमगिरी सबै, स्वच्छ फाँटै हजार ।
थाक्दैनन् नयनहरू अझै, प्यासी बन्दै लजां'र ।
चर्को गृष्म ऋतु संगसंगै, हिड्छ यौवन अगाडी
थकित् बन्दै सगर पथमा, चरण बढ्दै पछाडी
भुन भुन गर्दै भमरहरु सब, पुष्पलतिका मुसार्दै
हिडदै जान्छन् सकल जगतमा मधुर धुन् पुकार्दै ।
खोला,नाला, बन, चउरहरुमा, गगन यत्र तत्र ।
पिउदै हिड्छु पियुस रसहरु धर्तिका पत्र पत्र ।
°°°° २
सुबास छर्दै सबतिर अनि चल्छ आफ्नै सुगन्ध ।
चल्दै जान्छन् वन् चउरमा पिरतीका गित् अनन्त।
गोठालाले मन मनमा गीत हरदम सुसेली
गुनगुन गर्दै जान्छन् ती अजर, अमर भाव उकेली
°°°° ३
कोहेलीले पनि मधुर रसमा थाल्छ स्वरै उखेल्न ।
को सक्ला र सहज रुपले विरहका ती गीत भुल्न ?
वित्दै जान्छन् समयसंग संग कठै ! ती दिन अगाडी
छाया मात्रै जिवन पथमा , घुम्छ हरपल पछाडी ।
°°°° ४
जिवन छाया नै हो अनवरत रूपमा चल्छ नभमा
बढ्दै जावोस् प्रकृति संग संगै, सधै प्राणी सबमा
दयाभाव होस् यस्तै पृथ्वी पथमा अझै गुण निधी
चल्दै जावोस् कीर्ति र सुवास्,नहोस् अन्त निति विधी
°°°° ५

रामारोशन ४ अछाम
Tags:
कविता