प्रकाशन मिति २०८१-१२-१२-
~~~~~गजल~~~~~
जवानी दाउमा थापेर आएँ
बाजी मारेर नी हारेर आएँ
पिउँदिन थें बानी पर्न थाल्यो
उ सँगै पिएर मातेर आएँ
मालिकहरू रिझाउन हजुर
काल कोठीमा नाचेर आएँ
खुसीले नाइँ आफ्नै मजबुरीले
पैसा सित दिल साटेर आएँ ।
~मानन्धर अभागी
काठमाण्डौ ।
Tags:
गजल