प्रकाशित मिति २०८१-१२-१२
भूत, वर्तमान र भविष्य
ज्ञात छ भूतमा कैले के के भयो जगतमा
वर्तमान चल्दै छ चल्छ समयको वखतमा
भविष्य कस्ले पो सक्छ के के हुन्छ बताउन
श्रीहरि सक्दछन् मात्र त्रीकाल लाई जताउन ।
विगतका कैयौ पाना सुख दुख भएपनि
वितेका पल छन् कति सम्झनामा रहेपनि
मूल्य र मान्यता संगै कति थिए प्रिय तिनी
सम्झना दिलमा मात्र बँचेका छन् कति तिनी ।
°°°°२
कैयौ पाना रंगिन थिए कैयौ दुखद थिए संगै
जिवन्त स्मृति भित्र चस्स विझ्छन् कति अझै
साथी संगै विताएका जिवन्त ती पल हरु
आँखामा आउँने कस्तो कैयौ थिए छल हरु ।
°°°°३
संगै हाँस्दा खेल्दा संगै कति तिता मिठा थिए
कति त मनका कुण्ठा कति रोदन् तिता थिए
हराए समय सँगै क्षण ति निर्मल निश्चल
कति त आत्मिय थिए कति ती पनि निर्मल ।
°°°°४

रामारोशन ४ अछाम
Tags:
कविता