पलाय डाली मञ्जरी
पलाय पल्लवी सारा
वनको कन्दरा धरा
फूलेर गुरास रातै
सुन्दर हरा र भरा ! १
मधुर सुवास छर्दै
सुगन्धा फूल मञ्जरी
कोइलीको सुरिलो धुन
छर्दैछिन रुपमञ्जरी । ३
चल्दैछ पवन मिठो
सुसेली डाली मञ्जिल
ओकल्दै विरही भाका
गाउँदै कण्ठ कोकिल । ४
उर्वरा हरा र भरा
उचा ती भिर टाकुरा
हरिया खेतका पाखा
वृक्षको पात आँकुरा । ५
बनजंगल छहरा पाखा
खोला र कन्दरा सबै
भरिए पल्लवी नौला
फूल झै लालित्य संगै । ६

रामारोशन ४ अछाम
प्रकाशन मिति 2२०८१/१२/१२
Tags:
कविता