✍️चारु🇳🇵
=======
लडेको बेला मनलाई खुटाउनु सफरमा,
नहार्नु हिम्मत सामर्थ्य जुटाउनु सफरमा ।
म कतै माखे जालमा परेभने प्रिय तिमीले
जुक्ति वुद्धि कुनै लाएर छुटाउनु सफरमा ।
म मातिएकोबेला मदहोस मदिरा प्याला भरी
अतृप्त प्रणय प्यासको स्वाद लुटाउनु सफरमा,
मेरा वैरीहरूले तिम्रो अस्मितामा धावा बोले
चण्डीबनेर दुष्टको टाउको फुटाउनु सफरमा ।
म पराजित भै थाकेको निराश त्यो रात भरी
थामेर आफ्नै अङ्गालोबाट नछुटाउनु सफरमा !
✍️विवश पारदर्शी ,झापा
🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏
Tags:
चारु