प्रकाशन मिति २०८१-१२-१२
अन्तरास्ट्रिय नारी दिवसकाे सन्दर्भमा
--------------------------------------------
लघुकथा --भाउजुकाे बिचार।
**********************
--" अाज नारी दिवस । सबैजाना चाेकमा भेला हुदैछन्। नारी दिवस मनाउन जानेहैन भाउजू।? छिमेकी नन्दले बिहानै घरमा अाएर भनिन्।
--"लाेग्ने बिदेशमा छन्। बयासी बर्षकी बिरामी सासू घरमा छिन्। अाज बिदाकाे दिन ,नानीहरूका लुगा धुनुपर्ने ।नुवाईदिनु पर्ने। गाईबस्तु थलामा छन् ,बाख्रा खाेरमा छन्। पालेका पसुकाे बिजाेक पार्नु भएन। अब भनत नानी म कसरी दिवस मनाउन जान सक्छु?" भाउजुले भनिन्।
--"तेसाे भनेर काहाँ हुन्छर भाउजु । हामी महिलाहरुले अाफ्नाे हक अधिकार नखाेजे काहाँ हुन्छ? कसरी समानता पाईन्छ । के हामीमहिला हरुले यसरीनै दासी जीवन सधैं बिताई रहनु पर्ने हाे? सबैको घरमा अाफ्नाअाफ्नै समस्य हुन्छन्। एकदिनकाेलागि जसरीपनि ब्यबस्था मिलाउनु पर्छ। मनै ठुलो कुराहाे भाउजू । हजुरले जस्तै कुरा सबैले गर्ने हाे भने ,महिला शसक्तिकरण कहिले कसरी हुन्छ। समानता सहितकाे खुला समाज कसरी अाँउछ।? नन्दले भनिन् ।
--"नानी , हजुरको कुरा त ठिक हाेला ।तर मलाई त नानी , अाफ्नाे कर्तव्य पालनमा ईमानदार र लगनशील भएर बाँच्न पाए पुग्छ। फाटेकाे पेन्ट लाएर ,अंग प्रदर्शन गर्दै,बियरकाे नसामा रमाउने।ईमानदारीता र नैतिकता बिर्सेर मस्तिगर्ने खुला समाज चाहिएको छैन मलाई । राेगी सासुकाे अाँसु , बाधेका पसुकाे सराप नलागाेस मलाई यति भए पुग्छ।
२०८१/११/ २५
बिर्तामोड ४ झापा।
Tags:
लघुकथा