Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

भावना र मेरो मनलाई- गजल #गजल #नेपालीसाहित्य

 


---------------------गजल-----------------------------------

भावना र मेरो मनलाई, चिन्छौ भने आऊ म अँगाल्छु ।

दुई मुटु एक बनाई सिउछौ भने आऊ म अँगाल्छु ।

 

आफ्नै भान्सामा  पाकेका, गुन्द्रुक ढिडो खाई रमाई,

साहुको खेत सँगै साथ, दिन्छौ भने आऊ म अँगाल्छु ।

 

पराइलाई आफ्नो बनाई,   दुनियाको मन जिती,

युगौ युग जिउने कसम, खान्छौ भने आऊ म अँगाल्छु ।

 

मन कतै नडुलाई तिम्रो, नैतिकतामा हिडेर आफै,

सर्वस्व सुम्पिएर अमृत, पिउछौ भने आऊ म अँगाल्छु ।

 

मेरो माथ ताकेर जुन शत्रु, आउछ हत्या गर्नलाई,

च्याप्प समाई त्यसलाई, मिन्छौ भने आऊ म आँगाल्छु ।

 

धनु लेकाली

२०६४/१२/२

Post a Comment

Previous Post Next Post