Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

विश्वास गर्दा -निर्मला सुवेदी

 


✍️चारु🇳🇵

=======

विश्वास गर्दा घात हात लागेको छ

किन किन मन बेस्सरी थाकेको छ।


भलो सोच्न नहुने रहेछ दुनियाँमा 

हित गरेकाले नै दुश्मन ठानेको छ।


सु-कर्म गर्न पाए हुन्छ अरु व्यर्थ हो

सद्भाव हैन कुण्ठा मात्र पालेको छ।


अप्ठ्यारोमा अघि होइन सर्छ पछि

जति भलो गरेपनि पाप साँचेको छ।


सुखदुःख केही हैन मरि जाने चोला

सद्भाव नभई भेदभाव राखेको छ।


✍️निर्मला सुवेदी,बागलुङ

Post a Comment

Previous Post Next Post