✍️चारु
=======
भन!दिन किन हुन्छ रात किन हुन्छ
छुट्टिनेसँग मात्र मेरो बात किन हुन्छ ?
जहाँ मायाको खडेरी परेको देख्छु म
त्यहीँ फेरि पनि मायामा घात किन हुन्छ ?
उनकै मायामा जुनी कटाउनु थियो
तर मलाई अर्कैको चाहात किन हुन्छ ?
हामीले त रिसाए पनि पर्छ फकाउनु
यी नारीभित्र रिसको खात किन हुन्छ ?
पत्नि हौ पत्निको सरह माया दिएकै छु
फेरि पनि घमण्डको उन्मात किन हुन्छ ?
✍️तिलक "गाउँले"
तिलागुफा ३ कालिकोट
🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏🌺🇳🇵🙏
Tags:
चारु