Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

कविता दिवश-पदमराज न्यौपाने

 प्रकाशन मिति २०८१-१२-१२


२०८१ सालको कविता दिवश
कविता दिवश

कविको मनका विचार हरु सब फुल्दै गरुन् फूल बनी
नयाँ भाव मिठासको जहि तही फुट्दै गरुन् मूल् बनी
नयाँ स्वाद सुगन्धको बगिरहोस् काव्यहरूमा सधै
अन्तर मन् दिलवाट काव्य रचना फुर्दै गरुन् झन् अझै ।
। १ ।
साहित्यक दिलवाट भाव हरपल कवि हरु सब पनि
फूल झै सुन्दरहोस् सधै ती कविता सृंगार समान बनी
अन्तर मन तनवाट शब्द रचना काव्यहरुमा फलोस्
श्रृंगारिक रसले फुरेर कविका दिलको दियालो जलोस् ।
। २ ।
श्रष्टा सर्जक को सधै बनि रहोस् इज्जत र सम्मान जहाँ
फक्रिउन् फूल अंकुराई दिन दिन छर्दै सुगन्धित त्यहाँ
संस्कृति रसको पनि जिवीत होस् सुन्दर धरामा अझै
मिठा भावहरु बगुन ती छहरा विम्वादी साधन सधै ।
। ३ ।
नौलो जित बनुन् ती काव्य रचना फैलेर ज्योती जलोस्
निश्चल निर्मल होस् पवित्र भूमी यो साहित्य उर्वर बनोस्
नौलो साधक साधनाहरु पनि बढ्दै गरुन् भावमा
साहित्य रचना टुसाई दिलको बाँच्दै गरोस् दिलमा ।
। ४ ।
✍️ पदमराज न्यौपाने
रामारोशन ४ अछाम

Post a Comment

Previous Post Next Post