Trending

नमस्कार । यहाँहरुलाइ हार्दिक स्वागत गर्दछौ । हामी यो वेवसाइट तयारी गरिरहेका छौ । कुनै सल्लाह सुझाव साथै साहित्य रचनाहरु छ भने nepalisa2035@gmail.com तथा हाम्रो फेसबुक पेज "नेपाली साहित्य "मा पठाउन सक्नुहुनेछ । धन्यवाद....

राष्ट्रिय जनगणना २०७८ सम्बन्धी महत्वपूर्ण जानकारीहरु Newupdate

 


राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक  प्रेस विज्ञप्ती 

 

राष्ट्रिय जनगणना २०७८ नेपालको बाह्रौं र बि.सं. २०७२ मा जारी भएको नेपालको संविधान पछिको पहिलो जनगणना  हो । यस जनगणनामा पहिलो चरणको स्थलगत कार्य वि.सं. २०७८ साल भाद्र ३० देखि असोज १८ सम्म र दोस्रो चरणको  स्थलगत कार्य वि.सं. २०७८ साल कार्तिक २५ देखि २०७८ मंसिर ९ सम्म सम्पन्न भएको थियो । राष्ट्रिय जनगणना २०७८ को प्रदेश तथा जिल्लास्तरमा व्यवस्थापकिय कार्यको लागि १,८७१ कर्मचारी र स्थलगत कार्यमा  करिब ८,५०० सुपरिवेक्षक तथा ३९,००० गणकहरू संलग्न थिए । राष्ट्रिय जनगणना २०७८ दुबै चरणको स्थलगत कार्य  सम्पन्न भई भरिएका फारामहरू (घर तथा घरपरिवार सूचीकरण फाराम, मुख्य प्रश्नावली तथा सामुदायिक प्रश्नावली)  केन्द्रीय तथ्याङ्क विभागमा प्राप्त भई प्रशोधनको लागि आवश्यक तयारी कार्यहरू भइरहेका छन्।  जनगणनाको दोस्रो चरणमा गणकहरुबाट घरपरिवारहरूको विवरण संकलन गर्ने क्रममा हरेक सुपरिवेक्षकले आफू मातहतका  गणकहरूले भरेका फारामहरूको जाँच गर्ने र गणक अनुसार मुख्य प्रश्नावलीको आवरण पृष्ठमा भरिएका विवरणबाट  कन्ट्रोल फाराम भर्नुपर्ने व्यवस्था गरिएको थियो । उक्त कन्ट्रोल फारामहरूमा प्रदेश, जिल्ला, स्थानीय तह, वडा, जनगणना  घरसङ्ख्या, जनगणना परिवार संख्या, जम्मा जनसंख्या, पुरूष, महिला, घरपरिवारमा अनुपस्थित विदेश गएकाको जम्मा  जनसंख्या, पुरूष, महिला आदि उल्लेख गरिएको थियो । तिनै कन्ट्रोल फारामहरूमा भरिएका तथ्याङ्कका आधारमा यो  प्रारम्भिक नतिजा तयार गरिएको हो । राष्ट्रिय जनगणना २०७८ को यस प्रारम्भिक नतिजाका अंकहरू जनगणनाको मुख्य  प्रशोधन कार्य सम्पन्न भई अन्तिम नतिजा प्राप्त हुँदा फरक पर्न सक्छन् । यस अवस्थामा मुख्य प्रश्नावलीको विस्तृत  प्रशोधन पछि प्राप्त नतिजालाई नै अन्तिम मानिनेछ । यसरी कन्ट्रोल फारामको आधारमा तयार गरिएको राष्ट्रिय जनगणना  २०७८ को संक्षिप्त नतिजा देहाय अनुसार रहेको छ ।

जनसंख्या र लैङ्गिक अनुपात

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजाअनुसार नेपालको जनसंख्या २,९१,९२,४८० पुगेको छ, जुन दश वर्षअघि  (२०६८ साल) को जनसंख्या २,६४,९४,५०४ को तुलनामा २६,९७,९७६ ले बढी हो । दश वर्षमा नेपालको जनसंख्या  १०.१८ % ले बढेको देखिन्छ । विगत दश वर्षको सरदर वार्षिक वृद्धिदर ९भ्हउयलभलतष्ब िन्चयधतज० ०.९३% देखिन्छ । जुन  अघिल्लो जनगणनामा १.३५% रहेको थियो । 

कुल जनसंख्यामा १,४२,९१,३११ जना पुरुष (४८.९६%) र १,४९,०१,१६९ जना महिला (५१.०४%) रहेको छ । दश वर्ष  अघि २०६८ सालको जनगणनामा कुल जनसंख्या २,६४,९४,५०४ जनामा पुरुष र महिलाको हिस्सा क्रमशः ४८.५% र  ५१.५% थियो । हालको प्रारम्भिक नतिजा अनुसार लैङ्गिक अनुपात (प्रति १०० महिलामा पुरुषको संख्या) ९५.९१ रहेको छ  जुन गत जनगणनामा ९४.१६ रहेको थियो । 

जनगणना घर र परिवार संख्या

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालमा अक्सर बसोबास गर्ने परिवारको संख्या ६७,६१,०५९  रहेको छ र ती परिवारहरु जम्मा ५६,४३,९४५ वटा घरमा बसेका देखिएको छ अर्थात अर्थात १० वटा घरमा औषतमा  १२ वटा परिवार बसोवास गरेको देखिन्छ । हालको परिवार संख्या दश वर्ष अघिको भन्दा करिब २४.५७% ले वृद्धि भएको  हो । यस अवधिमा जम्मा १३,३३,७५७ वटा परिवार थप भएको देखिन्छ । 

परिवारको आकार 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार प्रति परिवार ४.३२ जना सदस्य रहेको देखिन्छ जुन २०६८ मा  ४.८८ जना थियो । शहरी क्षेत्रको परिवारमा सालाखाला ४.२५ जना रहेका छन्भने ग्रामीण क्षेत्रमा ४.५५ जना रहेको  देखिन्छ जुन दश वर्षअघि क्रमशः ४.३२ जना र ५.०२ जना थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा हिमाली क्षेत्रमा सालाखाला  ४.२७ जना, पहाडमा ३.९५ जना र तराई क्षेत्रमा ४.६५ जना प्रतिपरिवार रहेको देखिन्छ ।

प्रदेशगत आधारमा हेर्दा परिवारमा औसत सदस्य सङ्ख्या गण्डकी प्रदेशमा सबैभन्दा कम (३.६६ जना) र मधेश प्रदेशमा  सबैभन्दा बढी (५.६६ जना) रहेको छ जुन २०६८ सालमा क्रमशः ४.१६ जना र ५.८० जना रहेको थियो । जिल्ला अनुसार  परिवारको आकार सबैभन्दा सानो दोलखामा (३.४१ जना) देखिएको छ भने परिवारको आकार सबैभन्दा ठूलो रौतहट  जिल्लामा ५.९२ जना देखिएको छ ।

 

भौगोलिक क्षेत्र अनुसार जनसंख्या, लैङिक अनुपात र वृद्धिदर 

भौगोलिक क्षेत्रअनुसार कुल जनसंख्याको वितरणमा तराई क्षेत्रको अंश २०६८ सालको तुलनामा २०७८ मा वृद्धि भएको  देखिएको छ । २०६८ सालको जनगणनामा तराईमा कुल जनसंख्याको ५०.२७% हिस्सा रहेकोमा २०७८ मा वृद्धि भई  ५३.६६% पुगेको छ । हिमाली क्षेत्रमा कुल जनसंख्याको ६.७३% अंश रहेकोमा २०७८ मा केही कम भई ६.०९% रहेको  देखिन्छ । त्यसैगरी पहाडी क्षेत्रमा २०६८ मा ४३.०१% अंश रहेकोमा हाल ४०.२५%मा झरेको छ । 

दश वर्षको अवधिमा लैङ्गिक अनुपात तराईमा १ % विन्दुले घटेको देखिन्छ भने हिमाल तथा पहाडमा क्रमशः ३ % र ४  % विन्दुले बढेको देखिन्छ । योगत २०६८ को जनगणनामा हिमाल, पहाड र तराईमा क्रमशः ९४, ९१ र ९७ रहेकोमा  २०७८ सालको जनगणनाको प्रारम्भिक नतिजा सम्म आइपुग्दा क्रमशः ९७, ९५ र ९६ कायम हुन आएको छ । वार्षिक जनसंख्या वृद्धिदर हेर्दा हिमाली क्षेत्रमा ऋणात्मक (—०.०२%), पहाडी क्षेत्रमा न्यून मात्रामा धनात्मक (०.२९% ) र  तराई क्षेत्रमा अन्य क्षेत्रको तुलनामा उच्च धनात्मक (१.५६%) वृद्धि देखिन्छ । 

प्रदेश अनुसारको जनसंख्या, परिवर्तन र वृद्धिदर

प्रदेशगत रुपमा जनसंख्याको वितरण हेर्दा सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा ६१,२६,२८८ र सबैभन्दा कम कर्णाली  प्रदेशमा १६,९४,८८९ जना रहेको छ जुन समग्रको क्रमशः २०.९९% र ५.८१% छ । लैङ्गिक रुपले विश्लेषण गर्दा लैङ्गिक  अनुपात सबैभन्दा धेरै मधेश प्रदेशमा र सबैभन्दा कम सुदुरपश्चिम प्रदेशमा क्रमशः १०१ र ९० रहेको छ ।  प्रदेशगत रुपमा वार्षिक जनसंख्या वृद्धिदर हेर्दा ७ वटा प्रदेशहरूमध्ये सबैभन्दा बढी लुम्बिनी प्रदेशमा १.२५ % प्रतिवर्ष र  सबै भन्दा कम गण्डकी प्रदेशमा ०.३०% प्रतिवर्ष जनसंख्या वृद्धि देखिन्छ । दोस्रो धेरै वार्षिक जनसंख्या बृद्धिदर हुने प्रदेशमा  मधेश प्रदेश रहेको छ जसको वृद्धिदर १.२०% प्रतिवर्ष छ । अन्य प्रदेशको वार्षिक जनसंख्या वृद्धिदर १.०% भन्दा कम नै  रहेको देखिन्छ ।

जिल्ला अनुसारको जनसंख्या र वार्षिक वृद्धिदर 

प्राप्त प्रारम्भिक नतिजाअनुसार देशका ७७ जिल्लाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या काठमाडौं जिल्लामा २०,१७,५३२ जना  र सबैभन्दा कम जनसंख्या मनाङ जिल्लामा ५,६४५ जनाको अक्सर बसोबास रहेको छ । मोरङ, रूपन्देही, झापा र सुनसरी  जिल्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं धेरै जनसंख्या भएका जिल्लाहरू हुन्। कम जनसंख्या भएका जिल्लातर्फ मुस्ताङ,  डोल्पा, रसुवा र हुम्ला क्रमशः दोस्रो, तेस्रो, चौथो र पाँचौं स्थानमा पर्दछन्। जिल्ला अनुसार हेर्दा सबैभन्दा बढी लैिक  अनुपात मनाङ जिल्लाको १३० र सबैभन्दा कम लैिक अनुपात प्यूठान जिल्लाको ८२ छ । 

जिल्लागत वार्षिक जनसंख्या वृद्धिदरलाई हेर्दा हिमाली र पहाडी क्षेत्रका ३२ वटा जिल्लामा वार्षिक जनसंख्या वृद्धिदर  ऋणात्मक देखिएको छ जुन गत २०६८ को जनगणना अनुसार २७ वटा जिल्लामा ऋणात्मक देखिएको थियो । यसैगरी  सबैभन्दा धेरै वार्षिक वृद्धिदर भक्तपुर जिल्लामा (३.३२%) र सबैभन्दा कम रामेछाम जिल्लामा (—१.६५%) रहेको छ ।  हिमाली जिल्लाहरूमध्ये मुगु जिल्लामा सबैभन्दा बढी (१.८०%) वार्षिक जनसंख्या बृद्धिदर देखिन्छ ।

ग्रामीण—शहरी जनसंख्या वितरण

नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका क्षेत्रलाई शहरी तथा गाउँपालिकाको क्षेत्रलाई ग्रामिण क्षेत्र मान्दा  २०७८ सालको कुल जनसंख्यामा शहरी जनसंख्या ६६.०८% पुगेको छ भने ग्रामिण जनसंख्या ३३.९२% पुगेको छ । संघीय  संरचनापछि स्थानीय तहलाई शहरी र ग्रामीण क्षेत्र अनुसार वर्गिकरण गरी २०६८ सालको जनसंख्यालाई समायोजन गर्दा  शहरी जनसंख्या ६३.१९% र ग्रामिण जनसंख्या ३६.८१% रहेको थियो । राष्ट्रिय जनगणना २०६८ मा ५८ वटा नगरपालिका  रहेको अवस्थामा कुल जनसंख्याको १७.०७% शहरी जनसंख्या र ८२.९३% ग्रामिण जनसंख्या रहेको थियो । 

स्थानीय तह अनुसारको जनसंख्या वितरण 

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नगरपालिकाहरूमध्ये सबैभन्दा धेरै जनसंख्या भएका ५  नगरपालिकाहरुमा क्रमशः काठमाडौं, पोखरा, भरतपुर, ललितपुर र वीरगञ्ज महानगरपालिका हुन् भने सबैभन्दा कम  जनसंख्या भएका ५ नगरपालिकाहरुमा क्रमशः ठूलीभेरी नगरपालिका, त्रिपुरासुन्दरी नगरपालिका, मादी नगरपालिका,  लालिगुराँस नगरपालिका र जिरी नगरपालिका पर्दछन् । सबैभन्दा धेरै जनसख्या भएको काठमाडौं महानगरपालिकामा  ,६५,९०६ र सबैभन्दा कम जनसंख्या भएको ठूलीभेरी नगरपालिकामा १०,१८७ जनसंख्या रहेको छ । २० हजार भन्दा कम जनसंख्या हुने नगरपालिकाको संख्या १४ रहेको छ भने १ लाख भन्दा बढी जनसख्या हुने नगरपालिकाको संख्या ३९  वटा रहेको छ । 

गाउँपालिकातर्फ सबैभन्दा धेरै जनसंख्या बैजनाथ गाउँपालिकामा ७०,३१५ जना र सबैभन्दा कम जनसंख्या भएको नार्पाभूिम  गाउँपालिकामा ४४२ जना रहेको छ । १० हजार भन्दा कम जनसंख्या हुने गाउँपालिकाको संख्या ४६ रहेको छ भने ५०  हजार भन्दा बढी जनसंख्या हुने गाउँपालिकाको संख्या १५ वटा रहेको छ । 

जनघनत्व

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको जनघनत्व १९८ जना प्रतिवर्ग कि.मि. पुगेको छ, जुन  २०६८ सालमा १८० जना मात्र थियो । भौगोलिक क्षेत्रअनुसार हेर्दा २०६८ सालमा सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा  ३९२ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेकोमा हाल २०७८ को  प्रारम्भिक नतिजा अनुसार पनि सबैभन्दा धेरै जनघनत्व तराई क्षेत्रमा ४६१ जना प्रतिवर्ग किलोमिटर र सबैभन्दा कम  हिमाली क्षेत्रमा ३४ जना प्रतिवर्ग किलोमिटर रहेको छ ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै ५,१०८ जना प्रति वर्ग  किलोमिटर र मनाङ जिल्लामा सबैभन्दा कम ३ जना प्रतिवर्ग किलोमिटर जनघनत्व रहेको छ । जनघनत्वको आधारमा  भक्तपुर, ललितपुर, धनुषा र महोत्तरी क्रमशः धेरै जनघनत्व रहेका दोस्रो, तेस्रो, चौथो र पाँचौं जिल्लाहरू हुन्। त्यसैगरी  मनाङ, मुस्ताङ, डोल्पा र हुम्ला जिल्लामा जनघनत्व १० जना प्रति वर्ग कि.मि. भन्दा कम रहेको छ । तराईमा सबैभन्दा  कम जनघनन्व भएको जिल्लामा उदयपुर (१६६ जना) र पहाडमा रुकुम पूर्व (३५ जना) पर्दछन्। 

परिवारमा अनुपस्थित (अक्सर बसोबास विदेशमा रहेका) जनसंख्या 

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार जम्मा २१,६९,४७८ व्यक्तिहरु नेपालको परिवारबाट अनुपस्थित भई  अक्सर विदेशमा बसोबास गरेका देखिन्छन्जसमध्ये १७,६३,३१५ पुरूष (८१.२८%) र ४,०६,१०३ महिला (१८.७२%) रहेका  छन् । दश वर्षअघि २०६८ सालमा घरपरिवारमा अनुपस्थित (विदेशमा अक्सर बसोवास गर्नेहरू) सङ्ख्या १९,२१,४९४  थियो, जसमध्ये पुरूष १६,८४,०२९ (८७.६४%) र महिला २,३७,४०० (१२.३६%) थिए । यसरी समग्रमा हेर्दा २०६८ को  तुलनामा २०७८ मा विदेशिने महिलाहरुको संख्या ७१.०९% ले बढेको देखिन्छ । 

जिल्लागत आधारमा ७७ वटै जिल्लाबाट व्यक्तिहरू विदेश अनुपस्थित देखिएका छन्। सबैभन्दा बढी विदेश अनुपस्थित  भएका ५ जिल्लाहरुमा काठमाडौं, कैलाली, झापा, रुपन्देही र मोरङ छन्भने सबैभन्दा कम विदेश अनुपस्थित हुने ५  जिल्लाहरुमा मनाङ, डोल्पा, हुम्ला, मुगु र मुस्ताङ रहेका छन्। 

जनगणना सम्बन्धी जानकारी

1.     

  नेपालकमा सर्वप्रथम कहिले जनगणना भएको थियो ?_वि स १९६८

2.       वि स १९६८ मा भएको पहिलो जनगणनामा कति जनसङख्य रहेको थियो ?_५६३८६४९ जना

3.       कति सालमा भएको जनगणनालाई नेपालको पहिलो आधुनिक जनगणना भनिन्छ ?_ पाँचौ जनगणना वि स २००९-२०११

4.       कुन जनगणना समयमै हुन सकेन?_ वि स २००८ पाँचौ जनगणना

5.       कुन कुन जनगणनामा ऋणात्मक जनसङ्ख्या रहेको थियो?_ वि स १९७८ र वि स १९८८ सालको जनगणनामा

6.       वि स २०६८ सालको  जनगणनाको मुल नारा के थियो?_मेरो गणना मेरो सहभागिता ।

7.       वि स २०६८ सालको जनगणना  अनुसार सबै भन्दा कम जनसङ्ख्य भएको जाति कुन हो?_कुसुन्दा २७३ जना

8.       वि स २०६८ सालको जनगणना अनुसार सबै भन्दा ठूलो जाति कुन हो?_क्षेत्री १६.६० प्रतिशत

9.       वि स २०७८ सालको जनगणना कहिले देखि कहिले सम्म  गर्ने भनी धोषणा भएको थियो?_ २०७८ जेठ २५ देखि असार ९ सम्म

10.   कोरणाको कारणले २०७८ सालको जनगणना कहिले देखि कहिले सम्म सम्पन्न भएको थियो?_ वि स २०७८ कार्तिक २५ देखि मंसिर ९ सम्म

11.   जनगणनामा पेन्सिल प्रयोग गरेको भनि कहाँका जनताले वहिस्कार गरेका थिए?_ बाग्लुङ्ग कायत समुदायवाट

12.   पहिले जनणनामा पहिलो भाषा र दोस्रो भाषाको गणना गरिएकोमा यस पटकको जनणनामा भाषा सम्बन्धमा कुन विषय थप गरिएको थियो ?_पुर्खाको भाषा

13.   यस पटकको जनगणनाम कतिवटा अपाङ्गगताको विवरण संकलन गरिएको छ?_१२ किसिमका

14.   कहाँ रहेका जनताको गणना विद्युतिय माध्यमबाट गरिएको छ?_विदेश स्थित नेपाली दुतावास तथा कुटनैतिक नियोग

15.   जनगणनामा कतिवता प्रश्न प्रश्नावलिमा राखिएको थियो?_८० वता

16.   १२ औँ जनगणनामा थप प्रश्न सोध्ने गरि कसका लागि प्रश्नावलि तयार पारिएको थियो?_वडा अध्यक्ष र वडा सचिव

17.   २०६८ अनुपातमा १०७८ को जनगणना कति प्रतिशतले बढेको देखिन्छ?_१०.१८ प्रतिशत

18.   यस जनगणनामा जनसङख्या वृद्धिदर कति प्रतिशत रहेको छ?_0.९३ प्रतिशत

19.   प्रदेशको आधारमा परिवारको औषद आकार सबै भन्दा वढि जनसङख्या  भएको  मधेश प्रदेश हो भने कम भएको प्रदेश कुन हो?_गण्डकी प्रदेश

20.   वार्षिक रुपमा जनसङख्या वृद्धिदर ऋणात्मक कुन भौगोलिक क्षेत्रमा छ?_हिमाली  (-०.०२ प्रतिशत)

21.   सबैभन्दा बढि जनसङख्या भएको जिल्ला काठमाण्डौँ हो भने कम भएको जिल्ला कुन हो?_मनाङ्ग

22.   सबै भन्दा वढी जनसङ्ख्या भएको ५ नगरपालका कुन कुन हुन ?_काठमाण्डौपोखराभक्तपुरललितपुर र विरगन्ज

23.   जनसङ्ख्यको आधारमा सबैभन्दा कम जनसङ्ख्या भएका नगरपालिका कुन कुन हुन?_ठूली भेरीत्रिपुरा सुन्दरीमादीलागिगुराँस र जिरी

24.   नेपालको जनघनत्व कति रहेको छ?_२९८ प्रति वर्गकिमी

25.   केन्द्रिय तथ्यङ्क विभागको स्थापन कहिले भएको थियो?_वि स 2015 सालमा

26.   कति सालको जनगणनामा सबैभन्द वढी जनसङ्ख्या बृद्धिदर रहेको थियो?_२००९/११ को जनगणनामा

27.   २०७८ सालको जनगणना कति चरणमा सम्पन्न भएको थियो?_ दुई चरणमा

28.   कहिले राष्ट्रपतिले १२औँ जनगणनाको उदघाटन गरेका थिए?_२०७८ कार्तिक २

29.   NTC मा  जनगणना सम्बन्धी caller ring back tune कहिले  वझाइएको थियो?_२०७८ भाद्र ३० देखि असोज १८ र दोस्रो पटक २०७८ कार्तिक २३ देखि मंसिर ९ सम्म

30.   परिवार सङ्ख्यका आधारमा धेरै देखि कम परिवार सङ्ख्या भएको प्रदेश?_2,7,6,5,1,३ र ४ प्रदेश

31.   जनसङ्ख्यका आधारमा धेरै देखि कम जनसङ्ख्या भएको प्रदेश?_ ,,5,1,,४ र ६ प्रदेश

32.   धेरै जनसङ्ख्या भएका ५ ठूला गाँउपालिकाहरु कुन कुन हुन?_ क्रमश बाँकेका बैजनाथराप्तीसोनारी ,खजुरारुपन्देहीको मायादेवी र कपिलबस्तुको मायादेवी

33.   कम जनसङ्ख्या भएका ५ गाँउपालिकाहरु कुन कुन हुन?_मानाङ्गको नार्पाभूमी मुस्ताङ्ग जिल्लाको लो-घेकर दामोदरकुण्द मनाङ्ग जिल्लाको मनाङ्ग डिस्याङ्ग र नासोँ

34.   धेरै जनसङ्ख्या भएको ५ जिल्ला कुन कुन हुन?_काठमाण्डौ मोरङ्ग रुपन्देही झापा र सुनसरी

35.   कम जनसङ्ख्या भएको ५ जिल्ला कुन कुन हुन?_मानाङ्ग मुस्ताङ्ग डोल्पा रसुवा र हुम्ला

36.   जनसङ्ख्या वृद्धिदर ऋणात्मक भएका जिल्लाहरु कति छन?_३२ जिल्ला

37.   जनघनत्वका आधारमा धेरै देखि कम क्रमश प्रेदश?_,,,,,४ र ६ प्रदेश

38. दोस्रो जनगणना १९७७ मा करिया (दास) को संख्या पत्ता लगाउने थप काम भएको थियो ।

 

फाइल डाउनलोड गर्नुहोस ।

 Download PDF

स्रोत नेपाल सरकार राष्ट्रिय योजना आयोग केन्द्रीय तथ्याङ्क विभाग


Post a Comment

Previous Post Next Post