गजल
नीशा गहिरो झनै तारा चम्किन थाले
त्यही अँध्यारो मन पार्ने बन्छ रे पाले॥
बुढा बुढी र बाला उस्तै उस्तै हो भन्थे
असी नाघे नी नायक बने लगाई राले॥
किन खोजेका ल्याउँ लाग्छ उदेक पुरै
थियो बेकामे र नै हिजो पुरानो फाले॥
जाउँ अगाडी लक्ष त्यागी पछाडी सर्छ
उल्टा गति र भन्थे अपसगुन हो बाले॥
Tags:
गजल